+
+
Shares

सिरहामा १५ लाख ५६ हजारको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते ८:५८

२३ भदौ, सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

भदौ २२ गते जिल्लाका विभिन्न सीमा इलाकाबाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, मोटरसाइकल, किराना सामान, सुर्ती, बीउबिजन, कस्मेटिक सामग्री, पेय पदार्थ, मदिरा तथा इन्धन बरामद गरिएको हो।

त्यस्तै, सीसी क्यामेरा, मनिटर, हार्डड्राइभ, कीटनाशक विषादी र पानी तान्ने मोटर लगायतका सामानसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सामानको कुल मूल्य रु। १५ लाख ५६ हजार ५ सय ७५ रहेको छ।

बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा नियमानुसार दाखिला गरिएको नं। ७ गण हेडक्वार्टर सिरहाले जनाएको छ। एसपी सुमनजंग थापाको कमाण्डमा सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी, गस्ती तथा चेकजाँचलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?