+

सुबास बम अजरवैजानको क्लबमा आबद्ध

२०८३ भदौ  २३ गते १२:५६ २०८३ भदौ २३ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फुटबल खेलाडी सुबास बम ठकुरी अजरबैजानको शीर्ष डिभिजन क्लब टुरान टुभोजमा अनुबन्ध भएका छन् ।
  • सुबासले सोमबार सामाजिक सञ्जालमा टुरानसँग सम्झौता गरेको फोटो सेयर गर्दै क्लबमा अनुबन्ध भएको जानकारी दिएका हुन् ।
  • सुबासले नेपालको उमेर समूहको राष्ट्रिय टिमको कप्तानी गरेका छन् र सिनियर राष्ट्रिय टोलीबाट पनि डेब्यु गरिसकेका छन् ।

२३ भदौ, काठमाडौं । नेपाली फुटबल खेलाडी सुबास बम ठकुरी अजबैजानको शीर्ष डिभिजन क्लब टुरान टुभोजमा अनुबन्ध भएका छन् ।

सुबासले सोमबार आफ्नो सामाजिक सञ्जालमा टुरानसाग सम्झाैता गरेको फोटो सेयर गर्दै क्लबमा अनुबन्ध भएको जानकारी दिएका हुन् ।

टुरान अजरबैजानको शीर्ष श्रेणीको लिग अजरबैजान प्रिमियर लिग खेल्ने क्लब हो ।

नेपालको उमेर समूहको राष्ट्रिय टिमको कप्तानी गरेका सुबासले सिनियर राष्ट्रिय टोलीबाट पनि डेब्यु गरिसकेका छन् ।

नेपाल पुलिस क्लबबाट घरेलु फुटबल करियर सुरु गरेका सुबासले फिलिपिन्सको क्लब सिनिलोन ब्लुजबाट पनि खेलेका छन् ।

१८ वर्षको उमेरमै सुबासले ठूलो फड्को मारेका छन् ।

सुवास बम ठकुरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय