+

एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट संकलित रकम उद्दार कोषमा

२०८३ भदौ  २३ गते १४:२५ २०८३ भदौ २३ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित ५ लाख ९० हजार १ सय ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रदान गरिएको छ।
  • केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
  • आयोजकले बाढीपीडितको उद्दार, उपचार र पुनःस्थापनामा सहयोग गर्न पहिलो दिनको टिकट बिक्री रकम दिने घोषणा गरेको थियो।

२३ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको करिब ६ लाख रुपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रदान गरिएको छ ।

केडिया ग्रुपको आयोजनामा भइरहेको लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको ५ लाख ९० हजार १ सय ५० रुपैयाँ कोषमा जिम्मा गरिएको हो ।

केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।

आयोजकले बाढीका कारण पीडितको उद्दार, उपचार र पुनर्स्थापनाको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलन हुने रकम सहयोग गर्ने घोषणा गरेको थियो ।

एनभीएल नेपाल भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय