+
+
Shares

गगने खोलाको पहिरो हटाएपछि कर्णाली राजमार्ग खुल्यो

भदौ २० गते गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ २३ गते १६:३४

२३ भदौ, सुर्खेत । पहिरोका कारण तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगने खोलामा गएको पहिरो हटाएपछि मंगलबार दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको हो ।

भदौ २० गते गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । पहिरो हटाएर आज भदौ २३ गते दिउँसो २:४५ बजेदेखि साना तथा मझौला सवारीसाधन दोहोरो रूपमा आवतजावत गर्न सक्ने गरी सडक सञ्चालनमा ल्याइएको सम्बन्धित निकायले जनाएको छ ।

राजमार्ग सञ्चालनमा आएपछि सुर्खेत, दैलेख हुँदै कालिकोट, जुम्ला तथा मुगुतर्फ जाने र ती जिल्लाबाट सुर्खेततर्फ आउने सवारीसाधनलाई सहज भएको छ ।

वर्षायाममा कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो जाने क्रम बढेकाले यात्रुले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।

पहिरोका कारण सडक पुन: अवरुद्ध हुन सक्ने जोखिम रहेकाले सम्बन्धित निकायले सडकको अवस्थाबारे नियमित निगरानी गरिरहेको जनाएको छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?