+

एनभीएलमा मधेश वारियर्सको पहिलो जित

२०८३ भदौ  २३ गते १८:०८ २०८३ भदौ २३ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश वारियर्सले नेपाल भलिबल लिगमा आफ्नो चौथो खेलमा खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो जित निकालेको छ।
  • त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मधेशले पहिलो सेट २५–२१, दोस्रो २५–२० र तेस्रो २५–२३ ले जितेको हो।
  • मधेशका जिविन सेबास्टियन म्यान अफ द म्याच घोषित भएका छन्, भने खप्तड फाल्कन्सको यो तेस्रो खेलमा लगातार हार हो।

२३ भदौ, काठमाडौं । मधेश वारियर्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित निकालेको छ । लगातार ३ खेलमा हार बेहोरेको मधेशले आफ्नो चौथो खेलमा खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा मधेशले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र २५–२३ ले जित निकाल्यो । मधेशका जिविन सेबास्टियन ‘म्यान अफ द म्याच’ घोषित भए ।

यसअघि मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१, दोस्रोमा काठमाडौं रेड्ससँग ३–२ र अन्नपूर्ण स्पाइकर किङ्ससँग ३–१ ले पराजित भएको थियो ।

खप्तडको भने तेस्रो खेलमा लगातार हार हो । अघिल्ला दुई खेलमा पनि खप्तड सोझो सेटमै पराजित भएको थियो । खप्तडलाई सगरमाथा र कर्णाली शिवराजले हराएका थिए ।

प्रतियोगिताअन्तर्गत मंगलबार दोस्रो तथा अन्तिम खेल काठमाडौं रेड्स र सगरमाथाबीच हुनेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ

एनभीएल नेपाल भलिबल लिग मधेश वारियर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय