News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेला लक्ष्मी बस्नेतले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी छिन्।
- प्रहरीले लगत्तै उनको शरीरको आगो निभाएर उपचारका लागि वीर अस्पताल पुर्याएको छ।
- एसपी दानबहादुर थापाले उहाँको स्वास्थ्य अवस्थाबारे थप बुझ्दैछौं भनेका छन्।
२३ भदौ, काठमाडौं । काठमाडौंको माइतीघरमा एक महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी छिन् ।
माइतीघर मण्डलामा आयोजित दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेलामा ती महिलाले आगो लगाउने प्रयास गरेको जिल्ला प्रहरी परिसरका एसपी दानबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार, लक्ष्मी बस्नेत नाम गरेकी महिलाले आगो लगाउने प्रयास गरेकी हुन् । उनलाई लगत्तै शरीररमा लागेको आगो निभाएर वीर अस्पताल पुर्याइएको छ ।
‘उहाँलाई अहिले वीर अस्पताल लगिएको छ, स्वास्थ्य अवस्थाबारे थप बुझ्दैछौं,’ एसपी थापाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4