+
+
Shares

सिरहामा भारत लैजान लागेको १५७ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते ८:३५

२४ भदौ, सिरहा । सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका-४, इट्टाटारस्थित सीमा इलाकाबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १:३५ बजे नेपालबाट अवैध रूपमा टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्ती टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू गाँजा छाडेर फरार भएका थिए।

गस्ती टोलीले छाडिएको गाँजा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाका अनुसार सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?