+
+
Shares

राहत कोषको सहयोग परिचालन गरेर आवासको व्यवस्था मिलाइयोस् : सांसद धिताल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषको रकम तत्काल परिचालन गरी बाढीपीडितका लागि सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरिन् ।
  • उनले बाढीपछि होल्डिङ सेन्टरमा बस्दा महिला र बालबालिकाको अस्मिता, सुरक्षा र गोपनीयता जोखिममा परेको भन्दै दीर्घकालीन सामाजिक पुनःस्थापनामा जोड दिइन् ।
  • उनले बाढीले दैनिक औषधि बगाएको, मृत चौपायाको व्यवस्थापन नभएको र सञ्चार तथा विद्युत् अवरुद्ध हुँदा महामारी र सम्पर्कविहीन अवस्थाको जोखिम बढेको बताइन् ।

२४ भदौ, काठमाडौं । रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद धितालले बाढीपछि होल्डिङ सेन्टरमा बस्नुपर्दा महिला र बालबालिकाको अस्मिता, सुरक्षा, र गोपनीयता गम्भीर जोखिममा परेको भन्दै स्रोत तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी हुन् ।

उनले उद्धार र राहतसँगै उनीहरूलाई सम्मानपूर्वक पुन: आफ्नै खुट्टामा उभिन सक्ने बनाउन दीर्घकालीन सामाजिक पुनर्स्थापनालाई तीव्रता दिन सरकारसँग माग गरिन् ।

विपद्का बेला महिलाहरूमाथि हिंसा, यौन शोषण, पानी र हेरचाहको अतिरिक्त बोझ थपिने भएकाले राहत व्यवस्थापनमा महिला र बालबालिकाको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उनले बाढीका कारण दैनिक सेवन गर्नुपर्ने औषधि बगाएको, मृत चौपायाको उचित व्यवस्थापन नहुँदा महामारीको जोखिम बढेको तथा सञ्चार र विद्युत् अवरुद्ध हुँदा नागरिकहरू बाहिरी संसारबाट सम्पर्कविहीन रहेको अवस्था रहेको धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?