+
+
Shares

रसुवा बाढी र कृष्णभिर अवरोधले भन्सार राजस्वमा ठूलो असर : अर्थ मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढी र कृष्णभिरमा सडक भासिँदा आपूर्ति अवरोध भएर भन्सार राजस्वमा ठूलो असर परेको अर्थ मन्त्रालयले जनाएको छ ।
  • अर्थसचिव घनश्याम उपाध्यायले रसुवागढी नाकाको विकल्पमा कोरला नाकामा थप जनशक्ति खटाइएको र बेत्रावति–रसुवागढी सडक ५५ किलोमिटर क्षतिग्रस्त भएको बताए ।
  • बाढीले १२ बैंकका १७ शाखा, ४ हजार ८ सय व्यापारिक प्रतिष्ठान, १८ स्कुल, ७ हजार ५७० निजी भवन र १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुर्‍याएको छ ।

२४ भदौ, काठमाडौं । रसुवा बाढी र कृष्णभिरमा सडक भासिएपछि भएको आपूर्ति अवरोधले भन्सार राजस्वमा ठूलो असर परेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थसचिव डा‍. घनश्याम उपाध्यायका अनुसार रसुवागढी नाकाको भयानक बाढीले उत्तर चीनतर्फको आपूर्ति ठप्प हुँदा भन्सार राजस्वमा त्यसको असर देखिएको हो ।

प्रतिनिधिसभा, अर्थसमितिको बैठकमा विपद्ले गरेको क्षतिबारे जानकारी गराउँदै उनले रसुवागढी नाकाको विकल्पमा कोरला नाकामा थप जनशक्ति खटाएर सहजीकरण गरिएको बताए । तर, कृष्णभिरमा सडक भासिएपछि त्यसले आपूर्तिमा असहजता थपेको उनले जानकारी दिए ।

अर्थसचिव उपाध्यायका अनुसार बाढीले बेत्रावति–रसुवागढी सडक ५५ किलोमिटर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । गल्छी–देविघाट सडक चार किलोमिटर कालोपत्रे सडकमा आंशिक क्षति पुगेको छ ।

देविघाट– त्रिशूली–वेत्रावती १० किलोमिटर सडकमा समेत आंशिक क्षति पुगेको उनले बताए । पुलतर्फ चार जिल्लामा ३३ मोटरेवल पुल पूरै क्षतिग्रस्त भएको विवरण उनले प्रस्तुत गरे । ४ वटा पुलमा आंशिक क्षति पुगेको छ । यसबीचमा ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको समेत अर्थसचिव उपाध्यायले जनाए । क्षतिग्रस्त पक्की पुलको कुल लम्बाई ३ हजार मिटर रहेको छ ।

वित्तीय क्षेत्रमा १२ बैंकका १७ शाखामा पूर्ण र केही आंशिक क्षतिग्रस्त छन् । उनका अनुसार व्यापार उद्योगतर्फ ४ हजार ८ सय व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ ।

शैक्षिक संस्थामा १८ स्कुलका ५६ भवन, ३ सय ८ कक्षाकोठा पूर्ण रुपमा क्षतिग्रस्त छन् । निजी भवन ७ हजार ५७० पूर्ण क्षति तथा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । सरकारी ४८ भवनमा क्षति पुगेकोमा ३५ पूर्ण क्षतिग्रस्त छन् । १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन र १३ जलविद्युत् आयोजनामा क्षति पुगेको उनले बताए ।

उनका अनुसार सिँचाइका २५ वटा आयोजनामा क्षति पुगेको छ । बाढीले १ हजार २५९ वटा होटल रेष्टुरेन्ट, १ हजार २१२ वटा थोक खुद्रा व्यापार, विद्युत ग्यास र पानीका ३४५ योजना, उत्पादनमुलक उद्योग २६३ वटा तथा २२७ अन्य सेवा क्रियाकलापमा गम्भीर क्षति पुगेको उनले जानकारी दिए । उनले अहिले प्रधानमन्त्री राहत कोषमा देश विदेशबाट सहायता आउने क्रम जारी रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?