+
+
Shares

रास्वपा सांसदको प्रश्न- गोली खाने दोषी, हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ?

उनले भने, ‘गोली खाने र खान तयार हुने चाहिँ दोषी हुने अनि गोली हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ठहरिने यो कस्तो न्याय हो ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद हरि (बुद्धिप्रसाद) पन्तले प्रतिनिधिसभामा जेनजी आन्दोलनमा गोली खाने र खान तयार हुनेलाई दोषी र गोली हान्ने तथा हान्न लगाउनेलाई निर्दोष ठहरिनु कस्तो न्याय हो भनेर प्रश्न गरे।
  • पन्तले जेनजी आन्दोलनमा जेल परेका, मुद्दा लागेका र घाइते भएकाहरूलाई यथाशीघ्र न्याय दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
  • उनले बेथिति, दण्डहीनता र भ्रष्टाचारविरुद्ध जेनजीहरूले विद्रोह गरेको र धेरै योद्धा अझै जेल, मुद्दा र फरार अवस्थामै रहेको बताए।

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि (बुद्धिप्रसाद) पन्तले जेनजी आन्दोलनमा गोली खाने र खान तयार हुने दोषी हुने तर गोली हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ठहरिने यो कस्तो न्याय हो भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।

उनले भने, ‘गोली खाने र खान तयार हुने चाहिँ दोषी हुने अनि गोली हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ठहरिने यो कस्तो न्याय हो ?’

उनले थपे, ‘यदि ती भाइबहिनीहरू दोषी हुन् भने त्यही आन्दोलनको जगमा भएको निर्वाचनबाट निर्वाचित म पनि दोषी हुँ । यो सरकारका मन्त्रीहरू र प्रधानमन्त्री पनि दोषी हुन् ।’

जेनजी आन्दोलनमा जेल परेका, मुद्दा लागेका र घाइते भएकाहरूलाई यथाशीघ्र न्याय दिन सभामुखमार्फत सांसद पन्तले सरकारको ध्यानाकर्षण गराए ।

बेथिति,  दण्डहीनता र भ्रष्टाचारको विरुद्धमा जेनजीहरूले विद्रोह गरेको उनले बताए ।

जेनजी आन्दोलनमा तात्कालीन ओली सरकारले निर्मम नरसंहार गर्दा भएको २४ भदौको घटना उप्रान्त ओली सरकारको पतनदेखि यो संसद् र सरकारसम्प आइपुग्दा ती युवाहरूले देखेका सपनाहरू कति सम्बोधन भए अनि कति सम्बोधन हुने क्रममै होलान ती आफ्नो ठाउँमा रहेको भन्दै उनले भने, ‘दु:खका साथ भन्नु पर्दा त्यस विद्रोहका धेरै योद्धाहरू आज पनि जेलमै छन्, कतिले मुद्दा खेपिरहेका छन भने कति अझै पनि फरार हुन बाध्य छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?