२५ भदौ, काठमाडौं । काठमाडौं विश्वविद्यालय र नेपाल मगर संघबीच एक वर्षे बीएड सञ्चालनमा सहकार्य गर्ने सम्झौता भएको छ ।
विश्वविद्यालय र संघबीच ‘पोस्ट–ग्य्राजुयट डिप्लोमा इन एजुकेसन इन मगर ल्याङ्वेज टिचिङ’ सम्बन्धी कोर्सका लागि सम्झौता भएको हो ।
बिहीबार भएको सम्झौतामा विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन प्राडा. बालचन्द्र लुइँटेल र संघका अध्यक्ष रक्षबहादुर रैकामगरले हस्ताक्षर गरेका हुन् ।
नेपाल खुल्ला विश्वविद्यालयमा मगर भाषा र संस्कृतिबारे चार वर्षे स्नातक तहको पढाइ सञ्चालनमा रहेको अध्येता डा. विष्णुकमार सिंजाली मगरले जानकारी दिए ।
सिंजालीका अनुसार मगरभाषामा ७–८ पालिकामा स्थानीय विषय पढाइ सुरु भएको छ । त्यसैगरी नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले मगर भाषाका आधारभूत तहसम्मको पाठ्यक्रम तयार पारेको उनले बताए ।
‘मगर भाषामा पठनपाठन गर्न गराउन योग्य शिक्षकको अभाव छ,’ डा. सिंजालीले भने, ‘यो सम्झौतासँगै मगर भाषाका शिक्षक उत्पादन हुने विश्वास लिएका छौं ।’
प्रतिक्रिया 4