News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन राइडअवे रिसोर्ट पोखरा, द सेन्ट्रल कलेक्सनले भारतका प्रमुख ट्राभल कम्पनी र सञ्चारमाध्यमका प्रतिनिधिलाई तीन रात चार दिनको एफएएम ट्रिपमा पोखरा पुर्याएको छ।
- भारतका प्रतिनिधिहरूले फेवा ताल, कास्कीकोट, पुम्दीकोट, विश्वशान्ति स्तूप, डेभिस फल्स र गुप्तेश्वर गुफा भ्रमण गरी पोखराको प्रकृति, संस्कृति र साहसिक गतिविधि अनुभव गरेका छन्।
- टीबीओ, ट्रिपज्याक, मेकमाइट्रिप, ट्राभक्लान र ट्राभलबुल्जका प्रतिनिधिको सहभागिताले भारतीय आउटबाउन्ड ट्राभल बजारमा नेपालप्रतिको रुचि देखाएको रिसोर्टले जनाएको छ।
२६ भदौ, काठमाडौं । हिमालयन राइडअवे रिसोर्ट पोखरा, द सेन्ट्रल कलेक्सनले भारतका प्रमुख ट्राभल कम्पनी तथा सञ्चारमाध्यमका प्रतिनिधिलाई तीन रात चार दिनको परिचयात्मक भ्रमण (एफएएम ट्रिप) मा स्वागत गरेको छ।
भारतीय ट्राभल ट्रेडलाई पोखराको वास्तविक अनुभवसँग जोड्ने उद्देश्यले आयोजना गरिएको भ्रमणमा सहभागीहरूले पोखराको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, साहसिक गतिविधि र नेपाली आतिथ्यताको प्रत्यक्ष अनुभव गरे ।
भारतका विभिन्न सहरबाट आएका प्रतिनिधिहरू नयाँ दिल्ली हुँदै काठमाडौं र त्यसपछि पोखरा पुगेका थिए। पोखरामा बिताएका तीन दिनलाई प्रकृति, संस्कृति, साहसिक गतिविधि र विश्रामलाई समेट्ने गरी तयार गरिएको थियो।
भ्रमणको पहिलो दिन रिसोर्टमा ककटेल डिनरसहित प्रतिनिधिहरूको स्वागत गरिएको थियो। दोस्रो दिन फेवा तालको कास्कीकोटसम्मको रमणीय पदयात्रा गर्दै स्थानीय गाउँ तथा ऐतिहासिक कास्कीकोट दरबारको भ्रमण गरिएको थियो। यस क्रममा सहभागीहरूले स्थानीय जीवनशैली तथा क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे नजिकबाट बुझ्ने अवसर पाएका थिए। साँझ रिसोर्टमा आयोजित गाला डिनरमा नेपाली परम्परागत संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो।
अन्तिम दिन प्रतिनिधिहरूले पोखराका प्रमुख पर्यटकीय गन्तव्यहरू पुम्दीकोट, विश्वशान्ति स्तूप, डेभिस फल्स र गुप्तेश्वर गुफाको भ्रमण गरेका थिए। यात्राका क्रममा पाभिलियन्स द फार्ममा लन्चका लागि विश्राम गरिएको थियो। भ्रमणको समापन पोखराको लेकसाइडमा गरिएको थियो भने साँझ रिसोर्टमा फेयरवेल बार्बेक्यु ककटेल डिनर तथा कराओके कार्यक्रम आयोजना गरिएको थियो।
यस भ्रमणले सहभागीहरूलाई पोखरालाई केवल प्रचार सामग्री वा सामाजिक सञ्जालमार्फत नभई प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर प्रदान गरेको रिसोर्टले जनाएको छ। सहभागीहरूले पोखराको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र नेपाली आतिथ्यतालाई नजिकबाट अनुभव गर्दै आफ्ना ग्राहक तथा यात्रुलाई नेपाल भ्रमणका लागि थप विश्वस्त भएर सिफारिस गर्न सक्ने आधार प्राप्त गरेको जनाइएको छ।
यस एफएएम ट्रिपमा भारतको ट्राभल क्षेत्रमा परिचित टीबीओ, ट्रिपज्याक, मेकमाइट्रिप ९एमएमटी०, ट्राभक्लान र ट्राभलबुल्जका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। भारतीय आउटबाउन्ड ट्राभल बजारमा नेपालप्रतिको निरन्तर रुचिलाई यस सहभागिताले थप प्रतिबिम्बित गरेको छ।
प्रतिक्रिया 4