+
+
Shares

एमाले सल्लाहकारहरूको सुझाव : ओली कुटी खारेज गरौं, पार्टी कोषबाटै बालकोट घर मर्मत गरौं

नेकपा एमालेका सल्लाहकारहरूले अध्यक्ष केपी शर्मा ओलीको निवास पार्टी कोषबाटै मर्मत गर्न सुझाव दिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले सल्लाहकारहरूले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर पार्टी कोषबाट मर्मत गर्न सुझाव दिएका छन्।
  • महासचिव शंकर पोखरेलले ‘ओली कुटी प्रोजेक्ट खारेज गरी’ घर मर्मत गर्ने व्यवस्था गर्नुपर्ने सुझाव प्रतिवेदनमा लेखेका छन्।
  • जेनजी आन्दोलनका क्रममा बालकोटको घर जलेपछि ओली गुन्डुस्थित भाडाको घरमा बस्दै आएका छन्।

२५ भदौं, काठमाडौं । नेकपा एमालेका सल्लाहकारहरूले अध्यक्ष केपी शर्मा ओलीको निवास पार्टी कोषबाटै मर्मत गर्न सुझाव दिएका छन्।

एमाले पुनर्गठन कार्यदलले सुझाव लिँदा उनीहरुले बालकोटस्थित निवास पार्टी कोषबाटै मर्मत गर्ने विकल्प दिएका हुन् । ‘ओली कुटी प्रोजेक्ट खारेज गरी पार्टी अध्यक्षको बालकोटस्थित घरलाई पार्टीकै कोषबाट मर्मत गर्ने व्यवस्था गरेर छवि सुधार गर्नुपर्छ,’ सल्लाहकारहरूले दिएको सुझावलाई महासचिव शंकर पोखरेलले आफ्नो प्रतिवेदनमा लेखेका छन्।

जेनजी आन्दोलनका क्रममा ओलीको बालकोटस्थित घरहरू पनि जलेका थिए। बालकोटको घर जलेपछि ओली गुन्डुस्थित भाडाको घरमा बस्दै आएका छन्।

गुन्डुमै पार्टी सचिव महेश बस्नेतलगायतले ‘ओली कुटी’ प्रोजेक्ट सुरु गरेका छन्। विभिन्न व्यवसायी लगायतसँग पैसा उठाएर ओलीलाई घर बनाइदिने कार्यले पार्टीको छवि बिग्रिएको सल्लाहरुको सुझाव छ।

यसरी पार्टी छवि बिगार्नेगरी कुटी बनाउनु भन्दा भएकै घरलाई पार्टीको कोषबाट मर्मत गर्न दिइएको सुझाव महासचिव पोखरेलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?