+
+
Shares

नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ ।
  • इच्छुक उम्मेदवारले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।
  • उम्मेदवारसँग कम्तीमा स्नातकोत्तर उपाधि र पर्यटन क्षेत्रमा १० वर्ष अनुभव हुनुपर्ने शर्त राखिएको छ ।

२६ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ ।

कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक उम्मेदवारले १० दिन भित्र आवश्यक कागजातसहित सूचना दिन सकिने बताएको छ ।

कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव भएको हुनुपर्ने शर्त समेत राखिएको छ । उम्मेदवारले नेपाल पर्यटन बोर्डको प्रभावकारीता अभिवृद्धि गर्न गर्नुपर्ने क्रियाकलाप समेटिएको रणनीतिक कार्ययोजना समेत पेश गर्नुपर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?