+

आसिफको दोस्रो ओडीआई शतक

२०८३ भदौ  २७ गते १०:११ २०८३ भदौ २७ गते १०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आसिफ शेखले मलेसियाको क्वालालम्पुरमा भइरहेको एसीसी प्रिमियर कप फाइनलमा युएईविरुद्ध आफ्नो दोस्रो ओडिआई शतक बनाएका छन् ।
  • आसिफले १०६ बलमा ८ चौका र ४ छक्कासहित शतक बनाए र अर्जुन कुमालसँग ९७ रनको ओपनिङ साझेदारी गरे ।
  • आसिफ नेपालका लागि ओडिआईमा दुई शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् ।

२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखले ओडिआई करियरमा दोस्रो शतक प्रहार गरेका छन् ।

मलेसियाको क्वालालम्पुरमा भइरहेको एसीसी प्रिमियर कपको फाइनलमा युएई विरुद्ध आसिफले आफ्नो दोस्रो ओडिआई शतक बनाएका हुन् । उनले १०३ बल खेल्दै ८ चौका र ४ छक्का मदतमा शतक पूरा गरेका हुन् ।

शतक पूरा गरेलगत्तै आसिफ १०२ रनमा आउट भए । यस क्रममा उनले १०६ बल खेले । आसिफ ३६औं ओभरको तेस्रो बलमा आउट भए । उनले युएईका हैदर अलीले आयन खानबाट क्याचआउट गराए ।

आसिफले आउट हुनुअघि अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि रोहित पौडेलसँग ६८ रनको साझेदारी गरे ।

आसिफ नेपालक लागि ओडिआईमा दुई शतक प्रहार गर्ने चौथो खेलाडी समेत बनेका छन । यसअघि रोहिन पौडेल, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले पनि ओडिआईमा २-२ शतक प्रहार गरिसकेका छन् ।

आसिफले ओडिआईमा नेपालका लागि ७६ खेल खेल्दै २ शतक र १५ अर्धशतक मदतमा २ हजार १७४ रन बनाइसकेका छन् । उनी नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् । रोहित पौडेलले २ हजार ३४४ रन बनाएका छन् ।

PHOTO: FB/CAN

 

आसिफ शेख एसीसी प्रिमियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय