+
+
Shares

असोज १ देखि उत्खनन अनुमति, गागने खोलामा अहिले नै दोहन

निर्माण कम्पनीका राजेन्द्र यादवले आफूले एक दिन मात्रै उत्खनन गरेको बताएका छन्।

सुरेश राय सुरेश राय
२०८३ भदौ २७ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोलबजार नगरपालिकास्थित गागने खोलामा तिरुपती कन्स्ट्रक्सनले १ करोड ४१ लाख २५ हजार ५ सय रुपैयाँमा नदीजन्य पदार्थ उत्खनन ठेक्का पाएको छ।
  • ठेक्काको समय असोज १ गतेदेखि मात्रै भए पनि केही दिनअघि नै उत्खनन गरिएको स्थानीय तहले जनाएको छ।
  • नगरप्रमुख श्याम श्रेष्ठले अनुमति अघि उत्खनन गर्न नपाइने बताउँदै बुझ्ने भनेका छन् भने कम्पनीका राजेन्द्र यादवले एक दिन मात्रै उत्खनन गरेको बताएका छन्।

२७ भदौ, सिरहा । सिरहाको गोलबजार नगरपालिकास्थित गागने खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लागिसकेको छ। १ करोड ४१ लाख २५ हजार ५ सय रुपैयाँमा तिरुपति कन्स्ट्रक्सनले ठेक्का पाएको छ।

यो कम्पनीले उत्खनन् गर्न पाउने समय भनेको आगामी असोज १ गतेदेखि मात्रै हो। तर केही दिनअघि नै यहाँ उत्खनन गरियो।

यता नगरपालिकाका प्रमुख श्याम श्रेष्ठले पनि यसबारे आफूले बुझ्न भनेको बताए। ‘असोज १ गतेदेखिको अनुमति लिएर अहिले नै उत्खनन गर्न त पाइँदैन,’ उनले भने, ‘हामीले नगरप्रहरी पठाएका थियौं नदीमा हेर्नलाई तर गाडीहरू भेटिएन। यो कम्पनीले यहाँ एउटा सडकको कामको लागि आवश्यक सामग्री निकाल्न अनुमति पाएको छ। अरु चाहिँ मैले पनि बुझ्नैपर्छ।’

नगरपालिकाका राजस्व शाखा प्रमुख रामवृक्ष महतोले पनि सम्झौताअघि उत्खनन् गर्नु गैरकानुनी हुने बताउँछन्।

यता निर्माण कम्पनीका राजेन्द्र यादवले आफूले एक दिन मात्रै उत्खनन गरेको बताएका छन्। यादवले भने, ‘मैले एक दिनमात्रै उत्खनन गरेको हुँ। त्यसपछि खनेको छैन। अरुले खनेको हुन सक्छ मलाई थाहा छैन।’

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?