+
+
Shares

गोरखामा दुई बस ठोक्किए : ४ जना घाइते, एकको अवस्था गम्भीर

गोरखाको भच्चेकबाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट गोरखातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १६:४२

२७ भदौ, काठमाडौं । गोरखामा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। गोरखाको भच्चेकबाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट गोरखातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनिलकुमार खड्काका अनुसार दुर्घटनामा चार जना घाइतेमध्ये एक जना गम्भीर छन्।

गण्डकी गाउँपालिका ४ स्थित गैरी चौतारामा भच्चेकबाट काठमाडौं आउँदै गरेको ग २ ख ९८३ बस र काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग २ ख ८००६ ठोकिएका हुन्।

‘तीन जनाको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ। एक जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते १० वर्षका बालकलाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ,’ एसपी खड्काले भने। गोरखामा उपचाररतहरूको अवस्था मध्यम रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?