+
+
Shares

विपद्‌पछि गर्नुपर्ने काममा सरकार चुक्दा धेरै मानवीय क्षति भयो : कुलमान घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै पूर्वतयारी र व्यवस्थापन गर्न नसक्दा धेरै मानवीय क्षति भएको टिप्पणी गरे।
  • उनले समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने र ठूलो प्राकृतिक विपद्को सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राखे।
  • घिसिङले उज्यालो नेपाल पार्टी कुनै दलसँग नमिसी आफ्नै एजेन्डासहित अघि बढ्ने र कोशी प्रदेशबाट संगठन तथा सदस्यता विस्तार अभियान शुरू गर्ने बताए।

२७ भदौ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको टिप्पणी गरेका छन्।

घिसिङले शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उनको विश्वास थियो।

उनले देशमा आइपरेको ठूलो प्राकृतिक विपद्को सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राखे । त्यस्तै घिसिङले जेन–जी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, युवाहरूमा निराशा बढेको र विदेशिने दर झन् दोब्बर भएको टिप्पणी गरे।

साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याइएको उनले बताए।

उनले उज्यालो नेपाल पार्टी कुनै पनि अन्य पार्टीमा विलय नहुने र कुनै दलसँग नमिसी आफ्नै मौलिक एजेन्डासहित वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने स्पष्ट पारे।

आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशबाट वृहत भेला तथा गाउँ–गाउँमा संगठन र सदस्यता विस्तार अभियान सुरु गर्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?