News Summary
Generated by OK AI. Editorially reviewed.- अन्नपूर्ण स्पाइकर किंग्सका उरानबयार मुनखबयार नेपाल भलिबल लिगको पहिलो संस्करणमा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एक लाख रुपैयाँ पाए।
- फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई हराएर उपाधि जितेको थियो।
- अन्नपूर्णकै तुर्मान्डाख गान्खुयागले उत्कृष्ट सर्भर र उत्कृष्ट सेटर, इंख एर्डेनले उत्कृष्ट अपोजिट हिटरको अवार्ड जिते।
२७ भदौ, काठमाडौं । एक्सट्रिन इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणमा च्याम्पियन अन्नपूर्ण स्पाइकर किंग्सका उरानबयार मुनखबयार सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भएका छन् ।
उरानबयारले एमभीपीसँगै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट सातै व्यक्तिगत विधाका विजेताले जनही ६० हजार रुपैयाँ पुरस्कार पाए ।
अन्नपूर्णकै तुर्मान्डाख गान्खुयाग उत्कृष्ट सर्भर र उत्कृष्ट सेटर घोषित भए । उत्कृष्ट अपोजिट हिटरको अवार्ड पनि अन्नपूर्णका इंख एर्डेनले जिते।
कर्णाली शिवराजका विनोद चन्द उत्कृष्ट लिबेरो, मधेश वारियर्सका रबिन नगरकोटी उत्कृष्ट मिडल ब्लकर तथा काठमाडौं रेड्सका अहमद मुस्तफा उत्कृष्ट आउटसाइड हिटर घोषित भए ।
शनिबार सम्पन्न फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई हराएर उपाधि जितेको थियो
तस्वीरहरू : एनभीएल

प्रतिक्रिया 4