२७ भदौ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटारी नगरपालिका–८ निवासी ३५ वर्षीय रुद्रबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो साढे २ बजे वर्षासँगै परेको चट्याङको झट्का लागेर तामाङ गम्भीर घाइते भएका थिए । घरको झ्याल बन्द गर्ने क्रममा चट्याङको झट्का लागेपछि उनी घाइते भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै प्रहरीसहितको टोलीले तामाङको उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याएको थियो ।
तर, अस्पतालका चिकित्सकले परीक्षणपछि शनिबार साँझ ८:३५ बजे तामाङलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4