News Summary
Generated by OK AI. Editorially reviewed.- इङ्लिस प्रिमियर लिगमा लिभरपुलले घरेलु मैदानमा फुलहमसँग गोलरहित बराबरी खेलेको छ ।
- चेल्सीले स्टामफोर्ड ब्रिजमा हल सिटीसँग २–२ को बराबरी खेलेर हार टारेको छ ।
- शनिबारका अन्य खेलमा इप्सविच टाउनले क्रिस्टल प्यालेसलाई ३–२ र नटिङहम फरेस्टले एस्टन भिल्लालाई २–१ ले हराएका छन् ।
२७ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा फुलहमसँग गोलरहित बराबरीमा रोकिएको छ भने चेल्सीले पछि परेको अवस्थाबाट हल सिटीसँग २–२ को बराबरी खेल्दै हार टारेको छ ।
एनफिल्डमा भएको खेलमा लिभरपुलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि फुलहमको संगठित रक्षापंक्ति तोड्न सकेन । दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि खेल ०–० मै समाप्त भयो ।
उता स्टामफोर्ड ब्रिजमा चेल्सीले सातौं मिनेटमै मोर्गन रोजर्सको गोलबाट अग्रता लिएको थियो । तर हल सिटीका मोहम्मद बेलौमीले २८औं र ३४औं मिनेटमा लगातार दुई गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमै २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा चेल्सीले लगातार दबाब बढायो र ६६औं मिनेटमा जोआओ पेड्रोले बराबरी गोल गर्दै घरेलु टोलीलाई एक अंक दिलाए ।
शनिबार बेलुका नै भएका अन्य खेलमा इप्सविच टाउनले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गरेको छ भने नटिङहम फरेस्टले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको छ ।
बर्नमाउथ र ब्रेन्टफोर्डले भने २-२ को बराबरी खेलेका छन् ।
प्रतिक्रिया 4