+
+
Shares

ब्रिक्स शिखर सम्मेलनमा ट्रम्पको एकतर्फी ट्यारिफको विरोध

ब्रिक्स देशहरूको शिखर सम्मेलनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशमाथि लगाउँदै आएको एकतर्फी ट्यारिफको विरोध गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते २२:१६

२७ भदौ, काठमाडौं । ब्रिक्स देशहरूको शिखर सम्मेलनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशमाथि लगाउँदै आएको एकतर्फी ट्यारिफको विरोध गरेको छ ।

ब्रिक्स सम्मेलनको घोषणापत्रमै विश्व व्यापार संगठन (डब्लूटीओ) का नियमविपरीत एकतर्फी ट्यारिफ, गैर–ट्यारिफको विकल्प तथा संरक्षणवादप्रति चिन्ता व्यक्त गरिएको छ ।

ब्रिक्स सम्मेलनले यस्ता कदमले विश्वव्यापी व्यापार तथा आपूर्ति शृंखलामा असर पार्नुका साथै आर्थिक असमानता बढाउन सक्नेमा चिन्ता व्यक्त गरेको छ ।

ब्रिक्सले अन्तर्राष्ट्रिय कानुनविपरीत लगाइने एकतर्फी आर्थिक प्रतिबन्ध तथा अन्य जबर्जस्ती आर्थिक कदमको पनि आलोचना गरेको छ ।

ब्रिक्स देशका नेताहरूले पनि यस्ता प्रतिबन्धको सबैभन्दा बढी असर गरिब तथा कमजोर वर्गमा पर्ने बताएका छन् ।

विश्व शान्तिको विषयमा ब्रिक्सले द्वन्द्व रोकथाम, संवाद, कूटनीति तथा मध्यस्थतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

बढ्दो सैन्य खर्च, आणविक जोखिम तथा हतियारको होडप्रति चिन्ता व्यक्त गर्दै समूहले निशस्त्रीकरण, हतियार नियन्त्रण तथा आणविक अप्रसार व्यवस्थालाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

साथै, आणविक हतियारमुक्त क्षेत्रको महत्वमा पनि जोड दिइएको छ ।

ब्रिक्सले क्युबामाथि लगाइएका एकतर्फी प्रतिबन्ध तथा नाकाबन्दी थप कडा बनाइएकोप्रति चिन्ता व्यक्त गरेको छ ।

यस्तै, क्युबामाथि लगाइएका आर्थिक, व्यापारिक तथा वित्तीय प्रतिबन्ध अन्त्य गर्न पनि ब्रिक्स देशहरूले माग गरेका छन् । –बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?