News Summary
Generated by OK AI. Editorially reviewed.- नक्कली सुनलाई सक्कली भन्दै १ करोड ३९ लाख ठगी गरेको आरोपमा ओखलढुंगाका २८ अनिष थापा मगर पक्राउ परेका छन् ।
- प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कको टोलीले उनलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
- प्रहरीले उनीबाट ८६५ ग्राम नक्कली सुन बरामद गरेको र अदालतले ५ दिनको म्याद थप गरेको छ ।
२८ भदौ, काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै १ करोड ३९ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ घर भइ काठमाडौं नयाँ बसपार्क बस्ने २८ अनिष थापा मगर छन् ।
उनलाई प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्क खटिएको टोलीले पक्राउ गरेको हो ।
उनले नक्कली सुनलाई सक्कली सुन भन्दै १ करोड ३९ लाख रुपैयाँ ठगी गरेका थिए ।
उनीबाट नक्कली सुन ८६५ ग्राम समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए ।
पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनी बलात्कार कसुरमा कारागार चलान भएका व्यक्ति हुन् । जेनजी आन्दोलनमा उनी नख्खु कारागारबाट फरार भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4