+
+
Shares
सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्‍मा :

‘आमालाई ९८ दिन बिदा दिएर कसरी ६ महिना स्तनपान सम्भव हुन्छ ?’

यति हुँदा समेत ‘बच्चा पाउने, पाल्ने महिलाकै काम हो’ भन्ने सोचले गर्दा धेरै महिला आमा बन्नबाट पछि हट्नु परेको उल्लेख गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको छ, जसको प्रस्तावक सीता थपलिया र समर्थक चार जना सांसद छन्।
  • प्रस्तावमा संविधानले सुरक्षित मातृत्वको हक दिएको भए पनि ९८ दिनको मातृत्व बिदा अपर्याप्त भएकाले धेरै महिला आमा बन्नबाट पछि हटेको उल्लेख छ।
  • प्रस्तावले महिला सहभागिता, स्तनपान, घट्दो जन्मदर र निजी तथा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको सुरक्षित मातृत्व अधिकार सुनिश्चित गर्न नीति नबनेको जनाएको छ।

२८ भदौ, काठमाडौं । सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको छ ।

विपक्षी दलहरूले यस्तो प्रस्ताव लगेका हुन् ।

नेपाली कांग्रेसकी सांसद सीता थपलिया प्रस्तावक रहेको प्रस्तावमा नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बा, नेपाली कम्युनिस्ट पार्टीका सांसद बलावती शर्मा, श्रम संस्कृति पार्टीकी राधिका रम्तेल र राप्रपाकी सरस्वती लामा समर्थक रहेका छन् ।

नेपालको जनसंख्याको ५१.२ प्रतिशत महिला छन् । १५ देखि ५९ वर्षका ८७ लाख र २० देखि ४० वर्षका करिब ५० लाख महिला प्रजनन उमेर समूहमा छन् ।

जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा उल्लेख भएअनुसार हाल निजामतीमा ३० प्रतिशत, शिक्षकमा २७ प्रतिशत, स्वास्थ्य सेवामा ५५ प्रतिशत, बैंकिङमा २५ देखि ३० प्रतिशत, र गार्मेन्टमा १८ प्रतिशत महिलाको सहभागिता छ ।

यति हुँदा समेत ‘बच्चा पाउने, पाल्ने महिलाकै काम हो’ भन्ने सोचले गर्दा धेरै महिला आमा बन्नबाट पछि हट्नु परेको उल्लेख गरिएको छ ।

नेपालको संविधानको धारा ३८ को उपधारा (२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ’ भनी स्पष्ट रूपमा मौलिक हकको रुपमा व्यवस्था गरिएको छ ।

सोही हकलाई कार्यान्वयन गर्न जनस्वास्थ्य सेवा ऐन २०७५ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ल्याई कार्यान्वयनमा ल्याएको छ ।
तर यसअनुसारको नीति नबनेको भनिएको छ ।

‘२० देखि ४० वर्षका करिब ५० लाख महिला प्रजनन उमेरमा छन् । तर ‘बच्चा पाउने, पाल्ने महिलाकै काम हो’’ भन्ने सामाजिक सोच र राज्यको ९८ दिन मात्रको अपर्याप्त मातृत्व बिदाका कारण धेरै दिदीबहिनी आमा बन्नबाट पछि हट्नु भएको छ’ प्रस्तावमा उल्लेख छ ।

बिदा र व्यवहारमा विरोधाभास रहेको पनि भनिएको छ । ‘६ महिनासम्म आमाको दूध मात्र खुवाउन भन्छ, सरकार आफैंले सुनौलो १००० दिन भन्छ, तर आमालाई दिने बिदा जम्मा ९८ दिन मात्र छ । ९८ दिनमा कसरी ६ महिना स्तनपान सम्भव हुन्छ ?’

घट्दो जन्मदर एसडिजीले २.१ जन्मदर चाहिन्छ भने पनि नेपालमा घटेर १.६८ मा झरेको छ । पहिले ‘२ सन्तान, ईश्वरको बरदान’’ भन्ने राज्यले अहिले जन्मदर जोगाउने नीति ल्याउन नसकेको उल्लेख छ ।

निजी क्षेत्र, बैंक, गार्मेन्ट उद्योग र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरू सुरक्षीत मातृत्व बाट वञ्चित भएको भनिएको छ ।

प्रस्तावमा भनिएको छ, ‘९८ दिनपछि काखे बच्चा छोडेर काममा जानुपर्ने बाध्यता छ । राजनीति गर्ने महिलालाई त सुत्केरी बिदा नै छैन, हाजिर नभए हराएको सूचीमा पर्ने अवस्था छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?