+
+
Shares

भोटेकोशी बाढीले नुवाकोटका धेरै घरमा क्षति, रसुवामा कति ?

बाढीले कुल ८ हजार ३ सय १७ घरपरिवार प्रभावित भएका थिए । तीमध्ये नुवाकोटमा मात्र ४ हजार ४ सय १८ परिवार प्रभावित छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १० भदौको रसुवा भोटेकोशी हिमबाढीले ५ जिल्लाका १५ स्थानीय तहमा ३२ हजार ९ सय ६३ जनसंख्या प्रभावित गरेको प्रतिवेदनले देखाएको छ ।
  • बाढीका कारण कुल ७ हजार ५ सय ७० घरमा क्षति पुगेकोमा नुवाकोटमा मात्रै ३ हजार ९ सय ७७ घर क्षति भएको छ ।
  • बाढीले कुल ८ हजार ३ सय १७ घरपरिवार प्रभावित भएकोमा नुवाकोटमा ४ हजार ४ सय १८ परिवार प्रभावित भएका छन् ।

२८ भदौ, काठमाडौं । १० भदौमा आएको रसुवा भोटेकोशी हिमबाढीले नुवाकोटमा सर्वाधिक घरमा क्षति गरेको पाइएको छ ।

सरकारले गठन गरेको ‘रसुवा-भोटेकोशी बाढी २०८३ : द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदन अनुसार बाढीका कारण कुल ७ हजार ५ सय ७० घरमा क्षति पुगेको छ । तीमध्ये नुवाकोटमा मात्र ३ हजार ९ सय ७७ घरमा क्षति पुगेको पाइएको छ ।

रसुवामा भने १ हजार ७ सय ७९ घरमा क्षति पुगेको छ । धादिङमा १ हजार ४ सय ५१ घरमा क्षति पुगेको तथ्यांकले देखाएको छ । गोरखाका २ सय ६३ र चितवनका १ सय घरमा क्षति पुगेको छ ।

प्रतिवेदन अनुसार सबैभन्दा धेरै घरपरिवार समेत नुवाकोटमा प्रभावित भएका छन् । बाढीले कुल ८ हजार ३ सय १७ घरपरिवार प्रभावित भएका थिए । तीमध्ये नुवाकोटमा मात्र ४ हजार ४ सय १८ परिवार प्रभावित भएका छन् ।

उता, रसुवाका १ हजार ९ सय २३ घरपरिवार बाढीबाट प्रत्यक्ष प्रभावित भएको तथ्यांक छ । धादिङका १ हजार ५ सय ८८ परिवार प्रभावित भएका छन् । धादिङका १ हजार ५ सय ८८, गोरखा २ सय ७४ र चितवनका १ सय १४ परिवार बाढीबाट प्रभावित भएका छन् ।

करिब ३३ हजार जनसंख्या प्रभावित, कुन जिल्लामा कति ?

यस बाढीले कुल ३२ हजार ९ सय ६३ जनसंख्या प्रभावित भएको देखिएको छ । यसमध्ये सबैभन्दा धेरै नुवाकोटमा १७ हजार ८२ जना प्रभावित भएका छन् ।

उता, रसुवामा ७ हजार ६ सय ३३ र धादिङमा ६ हजार ६ सय ३८ जना प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । गोरखामा १ हजार ९६ र चितवनमा ५ सय १४ जना बाढीबाट प्रभावित भएका छन् । यस बाढीले ५ जिल्लाका कुल १५ स्थानीय तहमा प्रभाव पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?