+
+
Shares

बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १९:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि निस्ट फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख ५० हजार ६०५ रुपैयाँ सहयोग गरेको छ।
  • फाउन्डेसनअन्तर्गतका शैक्षिक संस्था, शिक्षक, कर्मचारी, विद्यार्थी र संस्थापन पक्षको सामूहिक प्रयासमा उक्त रकम संकलन गरिएको हो।
  • निस्ट परिवारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र सुरक्षित पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकार र निकायसँग आग्रह गरेको छ।

२८ भदौ, काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख ५० हजार ६०५ रुपैयाँ सहयोग गरेको छ।

विपद्को कठिन घडीमा पीडित तथा प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले फाउन्डेसनअन्तर्गतका विभिन्न शैक्षिक संस्थाहरू, शिक्षक, कर्मचारी, विद्यार्थी र संस्थापन पक्षको सामूहिक प्रयासमा उक्त रकम संकलन गरिएको फाउन्डेसनले जनाएको छ ।

बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै निस्ट परिवारले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फाउन्डेसनले प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार, राहत वितरण तथा सुरक्षित पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको मद्दतका लागि राज्य, विभिन्न संघसंस्था तथा आमनागरिक सबै मिलेर सहकार्य गर्नुपर्नेमा निस्ट परिवारले जोड दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?