+

यमालको दुई गोलमा बार्सिलोनाको जित

२०८३ भदौ  २८ गते २२:२२ २०८३ भदौ २८ गते २२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लामिन यमालको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेलाई ४–२ ले हराउँदै लगातार पाँचौं जित निकालेको छ।
  • भ्यालेन्सियामा भएको खेलमा बार्सिलोनाका लागि जाभी एस्पार्ट, यमाल र करिम अदेयेमीले गोल गरे भने राफिन्हाले दुई असिस्ट गरे।
  • पाँच खेलबाट १५ अंक जोडेको बार्सिलोना शीर्षस्थानमा छ र दोस्रो स्थानको रियल मड्रिडभन्दा तीन अंकले अगाडि छ।

२८ भदौ, काठमाडौं । लामिन यमालको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेलाई ४–२ ले पराजित गर्दै लगातार पाँचौं जित निकालेको छ ।

भ्यालेन्सियामा भएको खेलमा बार्सिलोनाले पाँचौं मिनेटमै जाभी एस्पार्टको गोलबाट अग्रता लिएको थियो । त्यसपछि यमालले १९औं मिनेटमा अर्को गोल थपेपछि पहिलो हाफ २–० ले बार्सिलोनाको पक्षमा सकिएको थियो ।

दोस्रो हाफको ४८औं मिनेटमा यमालले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । खेलको अन्त्यतिर लेभान्टेले इभान रोमेरो र रोजर ब्रुगेको गोलमार्फत पुनरागमनको प्रयास गरे पनि इन्ज्युरी समयमा करिम अदेयेमीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

राफिन्हाले पहिलो दुई गोलमा असिस्ट गर्दै प्रभावशाली प्रदर्शन गरे ।

यस जितसँगै हान्सी फ्लिकको टोली बार्सिलोनाले पाँच खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा तीन अंकले अगाडि शीर्षस्थानमा रहेको छ । रियलले पाँच खेलबाट १२ अंक बनाएको छ ।

बार्सिलोना स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय