+

म्यान्चेस्टर डर्बीमा सिटीको जित, हालान्डको निर्णायक गोल

२०८३ भदौ  २८ गते २३:२१ २०८३ भदौ २८ गते २३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर सिटीले आइतबार राति भएको प्रिमियर लिग म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर युनाइटेडलाई १-० गोलअन्तरले हराएको छ।
  • पहिलो हाफको २३औं मिनेटमा फिल फोडेन रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो।
  • एर्लिङ हालान्डले ६०औं मिनेटमा जोस्को भार्डियलको पासमा गरेको गोल भीएआरले मान्यता दिएपछि सिटीले जित सुनिश्चित गरेको थियो।

२८ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर सिटीले जित हासिल गरेको छ ।

पहिलो हाफको २३औं मिनेटदेखि नै १० खेलाडीमा सीमित रहेको सिटीले म्यान्चेस्टर युनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा एर्लिङ हालान्डले गरेको गोल निर्णायक बन्यो ।

हालान्डले ६०औं मिनेटमा जोस्को भार्डियलको पासमा गोल गरेका थिए । उक्त गोललाई सुरुमा अफसाइड दिइएपनि भीएआरले गोलको मान्यता दिएको थियो ।

त्यसअघि पहिलो हाफको २३औं मिनेटमा फिल फोडेनले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो । यद्यपी सिटीले जित हासिल गर्न सफल रह्यो ।

जितपछि सिटीको ४ खेलमा १२ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा छ । ४ खेलमा ४ अंक भएको युनाइटेड १३औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग म्यान्चेस्टर डर्बी म्यान्चेस्टर युनाइटेड म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय