News Summary
Generated by OK AI. Editorially reviewed.- साफले ढाकामा हुने च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गर्दै पहिलो खेल ५ नोभेम्बरमा पाकिस्तान र भारतबिच हुने जनाएको छ ।
- समूह ‘ए’ मा भारत, पाकिस्तान र माल्दिभ्स तथा समूह ‘बी’ मा भुटान, बंगलादेश र श्रीलंका छन् ।
- फिफाबाट निलम्बनमा रहेका कारण नेपालको साफ च्याम्पियनसिप सहभागिता सेप्टेम्बर अन्त्यसम्म निलम्बन फुकुवा भए मात्र तय हुनेछ ।
३० भदौ, काठमाडौं । बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेल आगामी नोभेम्बर ५ मा पाकिस्तान र भारतबिच हुनेछ । सोही दिनको दोस्रो खेल भुटान र बंगलादेशसँग हुने तालिका छ ।
नोभेम्बर ८ मा माल्दिभ्स र पाकिस्तान तथा श्रीलंका र भुटान खेल्नेछन् । नोभेम्बर ११ मा भारत र माल्दिभ्स तथा बंगलादेश र श्रीलंकाबिच खेल हुने तालिका छ ।
समूह ‘ए’ मा भारत, पाकिस्तान र माल्दिभ्स तथा समूह ‘बी’ मा भुटान, बंगलादेश र श्रीलंका छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल नोभेम्बर १७ मा हुनेछ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा रहेका कारण नेपालको सहभागिता अझै अन्यौल छ ।
सेप्टेम्बर अन्त्यसम्म निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउनेछ । निलम्बन कायमै रहेमा भने नेपालले साफ च्याम्पियनसिप गुमाउनेछ ।

प्रतिक्रिया 4