News Summary
Generated by OK AI. Editorially reviewed.- राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले रेसिङ डे सान्टान्डरलाई ७–२ ले हराउँदै ला लिगामा लगातार छैटौं जित दर्ता गरेको छ।
- बार्सिलोनाले घरेलु मैदानमा जोआओ कान्सेलो, राफिन्हा, गाब्रिएल जिसस र लामिन यमालको गोलमा पहिलो हाफमै ४–१ को अग्रता बनाएको थियो।
- ६ खेलबाट १८ अंकसहित बार्सिलोना ला लिगाको शीर्ष स्थानमा कायम छ, भने दोस्रो स्थानको रियलका १५ अंक छन्।
१ असोज, काठमाडौं । राफिन्हाको ह्याट्रिक प्रेरित बार्सिलोनाले ला लिगामा रेसिङ डे सान्टान्डरलाई ७–२ ले पराजित गर्दै लगातार छैटौं जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्यो । जोआओ कान्सेलोले आठौं मिनेटमा गोल गर्दै खाता खोलेपछि राफिन्हाले २५औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपे ।
रेसिङका मागुएट गुएयेले एक गोल फर्काए पनि ३६औं मिनेटमा एसियर भिल्लालिब्रेको आत्मघाती गोल र त्यसपछि राफिन्हाको दोस्रो गोलसँगै बार्सिलोना पहिलो हाफमै ४–१ ले अघि रह्यो ।
दोस्रो हाफमा यासिर जबिरीले पाहुना टोलीका लागि अर्को गोल गरे पनि राफिन्हाले ६७औं मिनेटमा पुनः पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरे । त्यसपछि गाब्रिएल जिसस र लामिन यमालले एक–एक गोल थप्दै बार्सिलोनाको फराकिलो जित सुनिश्चित गरे ।
यो सिजन राफिन्हाले सबै प्रतियोगितामा ११ गोल गरिसकेका छन्, जसमा ९ गोल ला लिगामै आएका छन् । प्रशिक्षक हान्सी फ्लिकको टोलीले सात खेलमा ३३ गोल गर्दै उत्कृष्ट लय कायम राखेको छ ।
लगातार छैटौं जितसँगै बार्सिलोना ६ खेलबाट शतप्रतिशत १८ अंक जोड्दै ला लिगाको शीर्ष स्थानमा कायम रहेको छ । दोस्रो स्थानको रियलको ६ खेलमा १५ अंक छ ।
प्रतिक्रिया 4