+

श्रीलंकाका चरिथ असलंकाले विराटनगर किङ्सबाट एनपीएल खेल्ने

२०८३ असोज  १ गते १९:०० २०८३ असोज १ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका तेस्रो संस्करणको नेपाल प्रिमियर लिग खेल्न विराटनगर किङ्समा आबद्ध भएका छन् ।
  • विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत असलंकालाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो ।
  • असलंकाले श्रीलंकाका लागि ७७ टी–२० अन्तर्राष्ट्रिय खेलमा १,४६६ रन र ७ विकेट लिएका छन् ।

१ असोज, काठमाडौं । श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विराटनगर किङ्समा आबद्ध भएका छन् ।

विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत श्रीलंकाली स्टारलाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो । असलंकाले बायाँहाते ब्याटिङ र दायाँहाते अफब्रेक बलिङ गर्ने गर्छन् ।

२९ वर्षीय असलंकाले श्रीलंकाका लागि हालसम्म ७७ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १,४६६ रन बनाएका छन् । उनले सोही क्रममा ७ विकेट पनि लिएका छन् ।

समग्र टी–२० क्रिकेटमा उनको अनुभव अझ प्रभावशाली छ । असलंकाले १८५ खेलमा ३,७१५ रनका साथै ३७ विकेट आफ्नो नाममा गरेका छन् ।

उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र यूएईको इन्टरनेशनल लिग टी–२० जस्ता प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसकेका छन् ।

‘नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किङ्सको प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु । नेपालमा क्रिकेटप्रतिको जुन उत्साह, माया र समर्थन छ, त्यसको बारेमा मैले धेरै सुनेको छु। अब आफैं नेपाल आएर नेपाली क्रिकेट समर्थकहरूसँग त्यो अनुभव साझा गर्न म आतुर छु’ असलंकाले भने ।

उनले विराटनगर किङ्सका लागि आफ्नो अनुभव र क्षमता प्रयोग गर्दै समर्थकलाई सम्झनलायक क्षण दिने लक्ष्य रहेको पनि बताए ।

‘विराटनगर किङ्ससँग मिलेर उत्कृष्ट क्रिकेट खेल्ने, टोलीका लागि आफ्नो अनुभव र क्षमता प्रयोग गर्ने तथा समर्थकहरूलाई सम्झनलायक क्षणहरू दिने मेरो लक्ष्य हुनेछ । एनपीएलमा नयाँ चुनौती र नयाँ वातावरणमा खेल्न पाउनु मेरा लागि विशेष अनुभव हुनेछ। विराटनगर किङ्सको परिवारमा जोडिन पाउँदा म गर्व र उत्साह दुवै महसुस गरिरहेको छु’ असलंकाले भनेका छन् ।

विराटनगरले यसअघि दोस्रो संस्करणमा फाफ डुप्लेसीलाई भित्र्याएको थियो ।

एनपीएल २०२६ चरिथ असलंका विराटनगर किङ्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय