+

रोहितको कीर्तिमान तोड्दै अभिषेकले बनाए ३० बलमै शतक

२०८३ असोज  १ गते २०:४९ २०८३ असोज १ गते २०:४९
Photo Credit : Pankaj Nangia/CREIMAS for BCCI

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिषेक शर्माले दिल्लीमा अफगानिस्तानविरुद्ध ३० बलमा शतक बनाउँदै भारतका लागि टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाए ।
  • उनले ३४ बलमा ९ चौका र ११ छक्का प्रहार गर्दै १०८ रन बनाएपछि राशिद खानको बलमा आउट भए ।
  • भारतले १३ ओभरमा २ विकेट गुमाएर १६४ रन बनाउँदै विशाल योगफलतर्फ अघि बढिरहेको छ ।

१ असोज, काठमाडौं । भारतका ओपनर अभिषेक शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका लागि सबैभन्दा छिटो शतक बनाउने नयाँ कीर्तिमान कायम गरेका छन् ।

दिल्लीस्थित अरुण जेटली रंगशालामा अफगानिस्तानविरुद्धको तेस्रो टी–२० मा अभिषेकले केवल ३० बलमा शतक पूरा गर्दै रोहित शर्माको नौ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।

यसअघि रोहितले सन् २०१७ मा श्रीलंकाविरुद्ध इन्दौरमा ३५ बलमा शतक बनाएका थिए ।

सुरुआती केही बल सावधानीपूर्वक खेलेका अभिषेकले त्यसपछि आक्रामक शैली अपनाए । उनले अजमतुल्लाह ओमरजाइ, फजलहक फारुकी र राशिद खानजस्ता प्रमुख बलरमाथि लगातार छक्का–चौकाको वर्षा गर्दै ३० बलमै शतक योगफल पूरा गरे ।

अभिषेक ३४ बलमा ९ चौका र ११ छक्कासहित १०८ रन बनाएर आउट भए । राशिद खानको बलमा विकेटकिपर रहमानुल्लाह गुरबाजले क्याच लिएपछि उनको विस्फोटक इनिङ्स समाप्त भएको थियो ।

उनको शतकीय इनिङ्स भारतका लागि टी–२० अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमानका रूपमा दर्ज भएको छ ।

यो समाचार तयार पार्दासम्म भारतले १३ ओभरमा २ विकेट गुमाएर १६४ रन बनाउँदै विशाल योगफलतर्फ अघि बढिरहेको छ ।

अभिषेक शर्मा भारतीय क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय