News Summary
Generated by OK AI. Editorially reviewed.- जस बट्लर श्रीलंकाविरुद्ध ३० रन बनाएसँगै टी–२० क्रिकेटमा १५ हजार रन पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।
- बट्लरले ५२८ खेलमा ९ शतक र १०७ अर्धशतकसहित १५ हजार रन बनाएका छन् ।
- वेस्ट इन्डिजका किरोन पोलार्ड १४,९९९ रनसहित १५ हजार रनको कीर्तिमानबाट एक रन टाढा छन् ।
२ असोज, काठमाडौं । इंग्ल्यान्डका ब्याटर जस बट्लर टी–२० क्रिकेटमा १५ हजार रन पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।
श्रीलंकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा ३० रन बनाएसँगै बटलरले आफ्नो समग्र टी–२० रन संख्या १५,००० पुर्याउँदै नयाँ इतिहास रचेका हुन् ।
यसअघि यो कीर्तिमानको सबैभन्दा नजिक वेस्ट इन्डिजका कायरोन पोलार्ड थिए । हाल ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेलिरहेका ३९ वर्षीय पोलार्डको नाममा १४,९९९ रन छ, अर्थात् उनी १५ हजार रनबाट केवल एक रन टाढा छन् ।
तर उनको टोली सीपीएलबाट बाहिरिसकेकाले यो उपलब्धिका लागि उनले केही समय कुर्नुपर्ने भएको छ ।
बटलरले अन्तर्राष्ट्रिय क्रिकेटसँगै आईपीएल, द हन्ड्रेड, बिग बास र अन्य प्रमुख फ्रेन्चाइज लिगमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै टी–२० क्रिकेटका सर्वाधिक सफल ब्याटरमध्ये आफ्नो स्थान बनाएका छन् ।
बट्लरले समग्र टी-२०मा ५२८ खेल खेल्दा ९ शतक र १०७ अर्धशतक सहित १५ हजार रन बनाएका छन् । टी-२०आईमा भने १६२ खेलमा २ शतक र २९ अर्धशतक सहित ४३२२ रन बनाएका छन् ।
प्रतिक्रिया 4