News Summary
Generated by OK AI. Editorially reviewed.- फ्लाइ दुबईले ७ असोज बुधबारदेखि दुबई–पोखरा नियमित उडान सुरू गर्दै साँझ ६ बजेर १५ मिनेटमा पहिलो जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
- दुबईको यो पहिलो उडानमा पोखरामा जन्मिएको नेपाली सांगीतिक समूह कन्दरा पहिलो यात्रुका रूपमा पोखरा उत्रिँदैछ ।
- अमेरिका र क्यानडा टूर सकेर नेपाल फर्किँदै गरेको कन्दरा ब्याण्डले दुबई ट्रान्जिटमा १६ घण्टा बिताएर पोखरा जाने टिकट लिइसकेको छ ।
काठमाडौं । फ्लाइ दुबईले आगामी बुधबारदेखि दुबई-पोखराको नियमित उडान सुरु गर्दैछ । ७ असोजको उक्त दिन साँझ ६ बजेर १५ मिनेटमा एयरलाइन्सको पहिलो जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ ।
नेपालको पर्यटकीय राजधानीलाई प्रमुख श्रम गन्तव्य थलोसँग जोड्न यो उडान महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । रोचक के छ भने, दुबईबाट हुन लागेको उक्त उडानमा लोकप्रिय नेपाली सांगीतिक समूह ‘कन्दरा’ पहिलो यात्रु भनेर पोखरा उत्रिँदैछ ।
अमेरिका र क्यानडा टूर सम्पन्न भएपछि ब्याण्ड नेपाल फर्किन लागेको हो । अमेरिकाबाट एमिरेट्सको फ्लाइटबाट दुबई आउने ब्यान्डका सदस्यहरू फ्लाइ दुबईको कनेक्टिङ फ्लाइबाट पोखरा उत्रन लागेका हुन् ।
संयोगवश, दुबईबाट सिधै पोखरा उडान हुने जानकारीपछि ब्यान्डले दुबईको ट्रान्जिटमा १६ घण्टा समय बिताउँदैछ । ‘दुबईबाट पोखराको ऐतिहासिक उडान हुने भएपछि हामीले १६ घण्टा दुबईको ट्रान्जिटमा बिताउनेछौं । टिकट पनि लिइसकेका छौं’ ब्याण्डका लिड भोकलिस्ट विवेक श्रेष्ठले भने ।
रोचक के छ भने, कन्दरा ब्याण्ड पोखरामै जन्मिएको सांगीतिक समूह हो । पछिल्लो समय संगीतलाई पर्यटन प्रवर्धनसँग जोडेर ब्याण्डले देश तथा विदेशमा ‘पहिला घरदेश अनि परदेश’ अभियान पनि चलाइरहेको छ ।
प्रतिक्रिया 4