News Summary
Generated by OK AI. Editorially reviewed.- उपेन्द्र सुब्बाको पटकथा र निर्देशनमा कथानक फिल्म ‘बखत्ते’ बन्ने भएको छ र शुक्रबार ललितपुरको महालक्ष्मी मन्दिरमा शुभमुहूर्त पूजा गर्दै छायांकन शुरू गरिएको छ।
- आन्भी फिल्म्सको ब्यानरमा आशिष तामाङ र प्रदीपजी धामीले निर्माण गर्ने फिल्ममा विपिन कार्की र मिरुना मगर शीर्ष भूमिकामा रहनेछन्।
- फिल्ममा शिशिर बाङ्देलसहित धेरै कलाकारको अभिनय हुनेछ, कार्यकारी निर्माता युवराज काफ्ले र सम्पादन निमेष श्रेष्ठले गर्नेछन्।
काठमाडौं । उपेन्द्र सुब्बाको पटकथा लेखन तथा निर्देशनमा कथानक फिल्म ‘बखत्ते’ बन्ने भएको छ । शुक्रबार ललितपुरको महालक्ष्मी मन्दिरमा शुभमुहूर्त पूजा गर्दै फिल्मको औपचारिक छायांकन गरिएको हो ।
निर्माताद्वय आशिष तामाङ र प्रदीपजी धामीले आन्भी फिल्म्सको ब्यानरमा फिल्म निर्माण गर्न लागेका हुन् । शीर्ष भूमिकामा विपिन कार्की र मिरुना मगरले अभिनय गर्नेछन् ।
साथै, शिशिर बाङ्देल, अनुराग कुवँर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषाकिरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामाको पनि अभिनय हुनेछ ।
‘लामै समय लिएर बखत्ते निर्देशन गर्न लागेको छु । कथा दर्शकले रुचाउनु हुनेछ भन्ने लागेको छ निर्देशक सुब्बाले भने, ‘इमान्दार भएर कथा लेखेको छु, सिनेमा पनि इमान्दार भएर बनाउनेछु । आशा छ, दर्शकले पनि मन पराउनुहुनेछ ।’ सुब्बाको पछिल्लो निर्देशन ‘जारी २’ हो ।

फिल्मको कार्यकारी निर्माता युवराज काफ्ले छन् । सह-निर्मातामा अञ्जु पाण्डे र पुष्कर घिमिरे छन् । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन् । साउन्ड डिजाइन उत्तम न्यौपानेको हुनेछ ।
फिल्ममा सुशान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत हुनेछ । गीत युवराज काफ्ले र दानबहादुर कार्कीको हुनेछ ।
प्रतिक्रिया 4