News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँको अनामनगरस्थित किम्ची रेष्टुरेण्टबाट प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँसहित सन्तोष भुसाल र प्रवेश महत्तोलाई पक्राउ गरेको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार स्रोत नखुलेको हुण्डीको रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
- प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी हुण्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
२ भदौ, काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगञ्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महत्तो रहेका छन्।
काठमाडौँ महानगरपालिका–२९, अनामनगरस्थित किम्ची रेष्टुरेण्टमा स्रोत नखुलेको हुण्डीको रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट स्रोत नखुलेको सो रकम बरामद गरिएको छ । प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध हुण्डीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया 4