News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाका १९ वर्षीय लामिन यमालले आफू करिअरभर हजारौं पटक जातीय दुर्व्यवहारको शिकार भएको बताएका छन् ।
- उनले धेरै टिप्पणी र हेराइ जातीय हुने तर मानिसहरूलाई त्यसको बोध नहुने उल्लेख गर्दै ‘कसैले मलाई ‘ब्ल्याक’ भन्यो भने त्यसले मलाई असर गर्दैन’ भने ।
- स्पेनिस अब्जर्भेटरी अन रेसिज्म एन्ड जेनोफोबियाले यमाल र भिनिसियस जुनियरलाई सन् २०२५ को अन्तिम त्रैमासमा सबैभन्दा बढी अनलाइन जातीय दुर्व्यवहारको निशानामा परेको जनाएको छ ।
२ असोज, काठमाडौं । बार्सिलोनाका युवा स्टार लामिन यमालले आफू करिअरभर हजारौं पटक जातीय दुर्व्यवहारको शिकार भएको बताएका छन् । धेरै मानिसले आफ्ना टिप्पणी वा व्यवहार नै जातीय विभेदपूर्ण भएको महसुस नगर्ने पनि यमालले उल्लेख गरेका छन् ।
स्पेनको सरकारी निकाय स्पेनिस अब्जर्भेटरी अन रेसिज्म एन्ड जेनोफोबिया ले यस वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२५ को अन्तिम त्रैमासमा यमाल र रियल म्याड्रिडका भिनिसियस जुनियर स्पेनमा सबैभन्दा बढी अनलाइन जातीय दुर्व्यवहारको निशानामा परेका खेलाडी रहेको जनाएको थियो ।
मोभिस्टारसँगको अन्तर्वार्तामा १९ वर्षीय यमालले भने, ‘हजारौं पटक। मानिसहरू अप्रत्यक्ष रूपमा तपाईंप्रति जातीय व्यवहार गर्छन्, तर सायद उनीहरूलाई त्यो आफैं थाहा हुँदैन । धेरै टिप्पणी र हेराइहरू पनि जातीय हुन्छन्, तर उनीहरूले महसुस गर्दैनन् ।’
उनले आफू कालो भएकामा अपमान महसुस नगर्ने स्पष्ट पार्दै भने, ‘कसैले मलाई ‘ब्ल्याक’ भन्यो भने त्यसले मलाई असर गर्दैन, किनकि म वास्तवमै कालो हुँ । कुरा त्यो शब्द होइन, त्यसलाई अपमान गर्ने उद्देश्यले भनिएको हो कि होइन भन्ने हो ।’
यमाल सन् २०२४ को एल क्लासिकोका क्रममा सान्टियागो बर्नाबेउमा पनि जातीय दुर्व्यवहारको शिकार भएका थिए ।
-बीबीसीबाट
प्रतिक्रिया 4