+
+
Shares

नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुँदैन : राष्ट्रपति पौडेल

‘आउनुहोस्, आज हामी संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने संकल्प गरौं,’ राष्ट्रपति पौडेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १६:३२
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल नहुने बताएका छन्।
  • संविधान दिवसका अवसरमा शीतलनिवासमा उनले व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताए।
  • उनले संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने संकल्प गर्न आग्रह गरे।

३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनमा परिवर्तनलाई जोड्नका लागि व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताए ।

‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्नु, हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ । जसले नागरिकमा आशा जोगाउन सकोस्,’ राष्ट्रपति पौडेलले भने, ‘नागरिकलाई निराशामा राखेर न त कुनै राज्य सफल हुन्छ, न त व्यवस्था । किनभने हामी सबैले बुझ्नुपर्छ, शासकीय संरचनामा आउने परिवर्तनले मात्रै युगका अपेक्षा पूरा हुँदैन ।’

उनले संविधानलाई भाषणमा मात्रै नभइ नागरिकको जीवनमा उतार्ने संकल्प गर्न पनि आग्रह गरे ।

‘आउनुहोस्, आज हामी संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने संकल्प गरौं,’ राष्ट्रपति पौडेलले भने, ‘हामीले अनेकौं संघर्ष र बलिदानबाट प्राप्त गरेको संविधानको साँचो अर्थ त्यही दिनमा बोध हुनेछ, जुन दिन कुनै नेपालीले न्याय, सम्मान, सुरक्षित भविष्यका लागि आफ्नो राज्यसँग याचना गर्नुपर्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?