+
+
Shares

सुनसरीमा करिब १५ सय किलो गाँजासहित एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको इनरूवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट करिब १ हजार ४ सय ५४ किलो ८ सय ७० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित राम बहादुर यादव पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले को.१ च ८२७९ नम्बरको पिकअपमा ४७ वटा पोकामा लोड गर्दै गरेको अवस्थामा उनलाई शनिबार बिहान पक्राउ गरेको हो।
  • यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

३ असोज, सुनसरी । सुनसरीको इनरूवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ हजार ४ सय ५४ किलो ८ सय ७० ग्राम सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–५ बस्ने ३० वर्षीय राम बहादुर यादव रहेका छन् ।

उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.१ च ८२७९ नम्बरको पिकअप गाडीमा लोड गर्दै गरेको ४७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा जस्तो देखिने पदार्थ फेला पारी चालक राम बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?