News Summary
Generated by OK AI. Editorially reviewed.- कथावस्तु समेटेर ‘आँधीखोला उर्लेर आयो’ गीतको नयाँ संस्करण आशिष अविरल र कल्पना देवकोटाको स्वरमा सार्वजनिक भएको छ।
- गीतमा शब्द र संगीत लक्ष्मण पौडेलको छ भने संगीत संयोजन आशिष अविरलले गरेका छन्।
- पहिलो संस्करणमा लक्ष्मण पौडेल, प्रेम बराल, राजु परियार, बिमाकुमारी दुरा र विष्णु बराल जोडिएका थिए।
श्रवणकुमारले मातापितालाई खर्पनमा राखेर तीर्थ गराउने क्रममा तिर्खा लाग्छ । मातापिताको लागि उनी पिउने पानी खोज्दै हिँड्छन् । सोही क्रममा शिकार खेल्न आएका दशरथले श्रवणकुमारले पानी निकाल्दा माटोको घडाबाट निस्केको आवाजलाई जनावरको जस्तो ठानेर वाण चलाउँदा श्रवणकुमार घाइते हुन्छन् ।
दशरथ घाइते श्रवणकुमारलाई बोकेर दृष्टिविहिन (श्रवणकुमारका आमाबुवा)को अगाडि गएर सबै कुरा सुनाउँछन् । तिनै दृष्टिविहिनको आँसुले आँधी खोला उर्लेर बग्यो र श्रापले राजा दशरथको पनि पुत्रशोकमै प्राण गयो भन्ने कहावत छ ।
यो कहावतलाई समेट्दै कुनैबेलाको चर्चित गीत ‘आँधीखोला उर्लेर आयो’ को नयाँ संस्करण सार्वजनिक भएको छ । बाजागाजाको संगीत संयोजनसहित दर्शकमाझ आएको गीतमा आशिष अविरल र कल्पना देवकोटाको स्वर छ । शब्द, संगीत लक्ष्मण पौडेलको छ ।
अविरलको संगीत संयोजन छ । पहिलो संस्करणमा पौडेल, प्रेम बराल, राजु परियार, बिमाकुमारी दूरा, विष्णु बराल जोडिएका थिए । दोस्रो संस्करणमा लक्ष्मण, कल्पना र अमृत ल्वागुन जोडिएका थिए ।
गायिका देवकोटा र गायक सेन्चुरीसँगको सहकार्य रहेको अघिल्लो गीत ‘मलाई हेरेको हेर्यै’ पनि अहिले चर्चामा छ ।
प्रतिक्रिया 4