News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय बालमिकी राय यादवको मृत्यु भएको छ।
- शुक्रबार साँझ गम्हरियाबाट मलंगवातर्फ आउँदै गरेको मोटरसाइकलले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा ५९ वर्षीय महेश महतो घाइते भएका छन्।
- प्रहरीले दुर्घटनामा संलग्न कबिलासी नगरपालिका–६ का ५० वर्षीय रामलोचन रायलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
३ असोज, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ७ बजे गम्हरियाबाट मलंगवातर्फ आउँदै गरेको प्रदेश २–०३–०१९ प ३०७ नम्बरको मोटरसाइकलले सोही दिशामा रहेका एक पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ७० वर्षीय बालमिकी राय यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । टाउको र नाकबाट रक्तस्राव हुनुका साथै दाहिने खुट्टाको हड्डी भाँचिएका यादवलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मलंगवा नगरपालिका ४ का ५९ वर्षीय महेश महतोको कम्मर र दुवै खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।
प्रहरीले दुर्घटनामा संलग्न कबिलासी नगरपालिका–६ का ५० वर्षीय रामलोचन रायलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4