News Summary
Generated by OK AI. Editorially reviewed.- इना सेन्टर नेपाल प्रालिले विराटनगरको सेन्ट्रल मलमा शनिबारदेखि छैटौँ शाखा सञ्चालनमा ल्याएको छ ।
- शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेलले संयुक्त रूपमा गरे ।
- प्रबन्ध निर्देशक उद्धव बर्तौलाले पूर्वी नेपालका ग्राहकलाई गुणस्तरीय अत्तरको पहुँच पुर्याउने बताए ।
३ असोज, विराटनगर । नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका प्रिमियम परफ्युम बिक्री गर्दै आएको इना सेन्टर नेपाल प्रालिले विराटनगरमा छैटौँ शाखा शनिबारदेखि सञ्चालनमा ल्याएको छ ।
विराटनगरस्थित सेन्ट्रल मलको ग्राउन्ड फ्लोरमा शनिबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेलले संयुक्त रूपमा गरे ।
नेपाली अत्तर बजारमा २५ वर्षभन्दा लामो अनुभव र विश्वास कमाएको इना सेन्टरले पूर्वी नेपालका ग्राहकहरूका लागि गुणस्तरीय अत्तरको पहुँच पुर्याउने प्रबन्ध निर्देशक उद्धव बर्तौलाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4