+
+
Shares

आज ३१ जिल्लामा कांग्रेसको वडा अधिवेशन

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आइतबार ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते ६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आइतबार बाँकी ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ।
  • केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको थियो।
  • भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा परिस्थितिअनुसार नयाँ मिति तय गरिने छ।

४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आइतबार ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको थियो ।

बाँकी ३१ जिल्लामा आज वडा अधिवेशन हुनेछ ।

भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने परिस्थितिअनुसार वडा अधिवेशनको नयाँ मिति तय गरिने छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार शनिबार सुरु भएको वडा अधिवेशन उत्साहप्रद रहेको छ।

शनिबार सम्पन्न वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि समेत चयन गरिएको निर्वाचन समितिले जनाएको छ।

आइतबार बाँकी ३१ जिल्लामा वडा अधिवेशनमार्फत वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि समेत चयन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?