News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ बञ्चरेमा तांखुवाबाट धरान जाँदै गरेको को १ ज २४९४ नम्बरको जिप दुर्घटना भएको छ ।
- दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ, र मृतकको पहिचान खुल्न सकेको छैन ।
- ११ जना सवार जिप सडकभन्दा करिब १ सय मिटर तल खसेको छ, र केही अन्य घाइते भएका छन् ।
४ असोज, धनकुटा । धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।
को १ ज २४९४ नम्बरको जिप धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ बञ्चरेमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो ।
धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा परी १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।
उनका अनुसार ११ जना सवार जिपमा अन्य केही घाइते भएको र दुर्घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेको छ । थप विवरण आउन बाँकी छ ।
सडक अफ्ठ्यारो भएका कारण अनियन्त्रित भएर जिप दुर्घटनामा परेको हुन सक्ने उनले बताए ।
जिप सडकभन्दा करिब १ सय मिटर तल खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4