+
+

कुबेतमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न  

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १६ गते १२:४६

नवराज पन्थी

kubetकुबेत । जनजागृति युवा समाज कुबेतको आयोजना हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रवासीजीवनमा बिद्यार्थी जीबन कै झल्को मेटाउने गरि कुबेतमा पहिलो पटक आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा इन्द्रप्रसाद पोखरेलले नेतृत्वको कोसेली समुह प्रथम भयो भने  अर्जुन लिम्बुले नेतृत्व गरेको किरात याक्थुङ चुम्लुंगले दोश्रो र  मन्जु राईले नेतृत्व गरेको बिश्व साहित्यिक महासंघ कुबेत तेश्रो स्थान प्राप्त गर्रयो ।

मेची महाकाली एकता समाज, दलित एकता  संजाल र अन्तरास्ट्रिय साहित्यिक समाज गरि जम्मा ६ टोलीले  प्रतियोगितामा भाग लिएका थिए । त्यसैगरि आयोजकले जारी गरेको नियम अनुशार हरेक समुहमा एक महिला प्रतिनिधिको  सहभागिताको लागि अनिबार्य गरिएको थियो ।

जिलिबस्थित रिदम हलमा आयोजित  प्रतियोगिताको औपचारिक उद्घाटन नेपाली दूताबास कुबेतका प्रथम सचिब एबम कार्यबाहक राजदूत बिशाल भट्टराईले गरेका थिए भने प्रमुख अथिति बुद्दिजिबी किरण पौडेल र आईसी कोडिनेटर सुजन केसीले शुभकामना मन्तब्य दिएका थिए ।

प्रतियोगितामा बिजेता टोलीलाई बुद्दिजिबी किरण पौडेल, पत्रकार तोयानाथ दाहाल, जय आले र आयोजक समाजका अध्यक्ष दीपक क्षेत्रीले कप मेडल प्रमाणपत्र वितरण गरेका थिए ।

समाजका महासचिब आनन्द आचार्यको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष छत्र कार्कीले स्वागत गरेका थिए भने संरक्षक ठाकुरप्रसाद पौड्यालले संस्थाको उद्देश्य र गतिबिधिबारेमा जानकारी दिएका थिए ।

प्रतियोगिताको अन्त्यमा माउन्ट एभरेस्ट क्लबका अध्यक्ष् जय आले पत्रकार तोयानाथ दाहाल, इन्द्र भुषाल, झापाली समाजका अध्यक्ष आइपी भट्टराई र युएई एक्सचेन्जका नेपाली प्रतिनिधि राम बस्नेतले समिक्षा मन्तब्य राख्दै समाजको तारिफ गरेका थिए ।

तस्बीरः सुरेश गुरुङ 

 hajiri jawaf hajiri jawaf-2

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?