News Summary
Generated by OK AI. Editorially reviewed.- नक्कली नोट देखाएर ठगी गरेको आरोपमा सर्लाहीका दिनेश विक र चितवनका कृष्णप्रसाद लामिछाने बल्खुबाट पक्राउ परेका छन्।
- उनीहरूले १० लाख ल्याउन लगाई ३० लाख दिने भन्दै बोलाएर एक जनालाई नक्कली नोट दिएका प्रहरीले बताएको छ।
५ असोज, काठमाडौं । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक र चितवनको भरतपुर महानगरपालिका–१३ का ४५ वर्षीय कृष्णप्रसाद लामिछाने छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट पक्राउ गरेको हो ।
उनीहरूले एक जनालाई १० लाख ल्याउन लगाई ३० लाख दिने भन्दै बोलाएर प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले बताएको छ । उनीहरूले ३० लाख भनेर नक्कली नोट दिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4