+
+
Shares

स्वयंसेवकलाई ओलीको निर्देशन– केन्द्रीय सदस्यलाई बोल्न कुनै व्यवधान नहोस्

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा सदस्यलाई धारणा राख्न कुनै व्यवधान नहुनेगरी स्वयंसेवकलाई निर्देशन दिएका छन् ।
  • ओलीले बैठक ठूलो अभिभारा बोकेर सुरु भएको बताउँदै कार्यकर्ताको अपेक्षाअनुसार सु–सम्पन्न गर्ने जिकिर गरेका छन् ।

५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा कुनै पनि प्रकारको व्यवधान नहुनेगरी सदस्यहरूलाई आफ्ना धारणा राख्ने वातावरण मिलाउन स्वयंसेवकहरूलाई निर्देशन दिएका छन् ।

केन्द्रीय कमिटी बैठक उद्घाटन गर्नुअघि ओलीले सम्बोधन गर्दै उक्त निर्देशन मान्नका लागि पनि भोलेन्टियरहरूलाई आग्रह गरे ।

‘बैठकमा कुनै प्रकारको डिस्टर्बेन्स नहुनेगरी, एउटा डिस्टेन्समा बसेर केन्द्रीय कमिटीका सदस्यहरूलाई मोबिलिटी गर्न, विचार व्यक्त गर्न कुनै व्यवधान भोलेन्टियरबाट पुग्ने छैन । भोलेन्टियरहरूले अध्यक्षको निर्देशन पालना गर्नुपर्छ,’ ओलीले भनेका छन् ।

साथै, उनले यो बैठक निकै ठूलो अभिभारा बोकेर प्रारम्भ भएको पनि जिकिर गरे ।

‘यति भनेर अत्यन्तै ठूलो अभिभारा बोकेर प्रारम्भ भइरहेको बैठक, जोसँग देशले अपेक्षा गरेको छ, कार्यकर्ता पंक्तिले अपेक्षा गरेको छ । कार्यकर्ता पंक्तिको अपेक्षा अनुसार हामी बैठक सु–सम्पन्न गरेर उठ्ने छौं,’ ओलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?