+
+
Shares

एमाले केन्द्रीय कमिटी बैठकका नौ एजेण्डा तय

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन पेश गर्ने लगायत नौ एजेण्डा तय भएका छन्।
  • केन्द्रीय कमिटीमा मनोनयन, विभाग, पोलिटब्यूरो, स्थायी कमिटी, सल्लाहकार परिषद, जेष्ठ्य कम्युनिस्ट मञ्च र अनुशासन आयोग गठनबारे छलफल हुनेछ।
  • बैठकको माइन्यूट लेखनको जिम्मा विष्णु पौडेल, गोकर्ण विष्ट र शंकर पोखरेललाई दिइएको छ।

५ असोज, काठमाडौं । एमाले केन्द्रीय कमिटी बैठकका लागि नौ एजेण्डा तय भएका छन् । आजबाट सुरू बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीको प्रतिवेदन पेश गर्ने लगायतका अन्य एजेण्डाहरू छन् । केन्द्रीय कमिटीमा मनोनयन गर्ने, विभागहरूको गठन गर्ने, पोलिटब्यूरो गठन गर्ने, स्थायी कमिटी गठन गर्ने, सल्लाहकार परिषद र जेष्ठ्य कम्युनिस्ट मञ्च गठन गर्ने एजेण्डा पनि तय भएको छ । अनुशासन आयोग गठन र अन्य समसायमिक विषयहरूमा केन्द्रीय कमिटीमा छलफल हुनेछ ।

बैठकको माइन्यूट लेखनको जिम्मा उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विस्ट र महासचिव शंकर पोखरेललाई जिम्मा दिइएको छ । बहस नोट कमिटीमा उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल, सूर्य थापा, निरज आचार र खिमलाल भट्टराईलाई जिम्मा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?