+
+
Shares

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीमा घाइते ६३ वर्षीया चण्डिका श्रेष्ठको त्रिवि शिक्षण अस्पतालको प्लाष्टिक सर्जरी विभागमा उपचार भइरहेको छ।
  • श्रेष्ठको दाहिने घुँडा र थाइमा चोट लागेको छ र सोमबार स्किन ग्राफ्टिङ गर्ने तयारी गरिएको छ।
  • उपचारपछि पनि चण्डिकालाई अझै एकदेखि दुई हप्ता अस्पतालमै राख्नुपर्ने हुनसक्ने चिकित्सकले बताएका छन्।

५ असोज, काठमाडौं । रसुवा बाढीमा घाइते भएकी ६३ वर्षीयाा चण्डिका श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठलाई ११ दिनपछि उनकै घरबाट उद्धार गरिएको थियो । प्लाष्टिक सर्जरी विभागमा उनको उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार, श्रेष्ठ दाहिने घुँडा र थाइको भागमा चोटपटक लागेको छ । शरीरमा भएको घाउ छोप्नका लागि सोमबार स्किन ग्राफ्टिङ (छाला प्रत्यारोपण) गर्ने तयारी गरिएको छ ।

‘उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य नै छ । घाउ भएको ठाउँलाई छालाले छोप्नुपर्ने भएकाले सोमबार स्किन ग्राफ्टिङ गर्ने योजना छ,’ उपचारमा संलग्न चिकित्सकले अनलाइनखबरसँग भने ।

स्किन ग्राफ्टिङपछि घाउ निको भए पनि चण्डिकालाई अझै करिब एकदेखि दुई हप्ता अस्पतालमै राख्नुपर्ने हुनसक्ने ती चिकित्सकले बताए ।

उनका अनुसार, प्रत्यारोपण गरिएको छाला राम्रोसँग बस्न मात्रै करिब एक हप्तादेखि १० दिनसम्म लाग्न सक्छ ।

‘अप्रेसन गरेपछि छाला थाप्नुपर्छ। त्यसलाई राम्रोसँग बस्न कम्तीमा एक हप्तादेखि १० दिनसम्म लाग्न सक्छ । त्यसैले उहाँको अस्पताल बसाइ अझै एक–दुई हप्ता हुन सक्छ,’ ती चिकित्सकले भने ।

१० भदौमा पुरिएको घरबाट उद्धार गरिएकी चण्डिकालाई बाढीले घरसहित बगाएको थियो । उनको घरभन्दा ७० मिटर पछाडि चन्डिकाको घर थियो ।

तर बाढीले बगाएर उनको घरभन्दा थप ५० मिटर पर बगाएर पुर्‍याएको थियो । सोही बगाएको घरबाट उनको उद्धार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?