+
+
Shares

त्रिपुरेश्वरमा बसमा आगो लाग्दा राहदानी विभागको सेवा प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा राहदानी विभागको विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भई राहदानी छपाइ प्रभावित भएको छ।
  • आगलागीमा बा ५ ख ४२७४ नम्बरको बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा गम्भीर घाइते भई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ।
  • राहदानी विभागले आवेदन संकलन प्रक्रिया यथावत् रहने र समस्या समाधानपछि वितरण सेवा नियमित हुने जनाएको छ।

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा राहदानी विभागको सेवा समेत प्रभावित भएको छ ।

विभागले जारी गरेको सूचनामा उल्लेख भएअनुसार आगलागीका कारण विद्युत् र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको थियो । त्यसका कारण राजदानीको छपाइ प्रक्रियामा समेत प्रत्यक्ष असर परेको थियो ।

राहदानी विभाग अगाडिको सडकमा आज दिउँसो बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगोमा जलेर बस चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ ।

विभागले राहदानी वितरणमा कठिनाइ भएको अवस्थालाई ध्यान दिई राहदानी आवेदन दिइसकेका सेवाग्राही सबैलाई धैर्य गरी सेवा लिइदिन अनुरोध समेत गरेको छ ।

यस अवधिमा राहदानी आवेदन संकलन प्रक्रिया पूर्ववत रुपमै सुचारु रहने र समस्या समाधानसँगै राहदानी वितरण सेवा समेत नियमित हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?